सर्लाही, १८ कार्त्तिक । भारतका गृहमन्त्री अमित शाहले नेपालमा जस्तो जेनजी आन्दोलन आफ्नो देशमा सम्भव नभएको दाबी गरेका छन् । 

बिहारमा चुनावी माहोलका बीच शाहले एक अन्तर्वार्तामा नेपालमा भएजस्तो युवा (जेन-जेड) विद्रोह भारतमा नहुने जिकिर गरेका हुन् । 

उनले भने, ‘किनभने भारतमा लोकतन्त्रको जरा धेरै बलियो र गहिरो छ ।’

उनले अगाडि भनेका छन्, ‘भारत नेपाल होइन। हाम्रो लोकतान्त्रिक जरा धेरै बलियो छ । मलाई लाग्दैन- यहाँ जेन-जेड विरोध सम्भव छ ।’

उनले भारतका युवाहरूले कडा परिश्रम गर्ने र देश विकासमा योगदान गर्ने दाबी पनि गरे ।

नेपालमा गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनले केपी शर्मा ओलीको सरकार ढाल्दै अन्तरिम सरकार गठन गरायो। साथै प्रतिनिधि सभासमेत विघटन भई आगामी फागुन २१ का लागि चुनाव तोकिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *