सर्लाही, १८ कार्त्तिक । यतिबेला बलिउड अभिनेता शाहरुख खानका फ्यानहरू खानको नयाँ फिल्मको व्यग्र प्रतीक्षामा छन् । ‘जवान’, ‘पठान’, र ‘डङ्की’पछि दुई वर्षयता ठुलो पर्दामा उनको कुनै नयाँ फिल्म आएको छैन ।

अभिनेताको ६० औँ जन्मदिनको अवसर पारेर मेकरहरूले शाहरुखको आगामी फिल्म ‘किङ’मा उनको पहिलो लुक उनको सार्वजनिक गरेका थिए । 

शुरुमा फिल्ममा अभिनेताको लुक देखेर उत्साहित बनेका निटिजन्सले पछि ब्राड पिटको लुक कपी गरेको आरोप लगाए ।

किंगको पहिलो लुकमा शाहरुखले नीलो शर्टबाहिर हल्का खैरो ज्याकेट लगाएका छन् । यो लुकलाई कयौं निटिजन्सले फिल्म ‘एफ१’ मा हलिउड अभिनेता ब्राड पिटको लुकसँग मिल्दोजुल्दो भनेका छन् ।

शाहरुख र ब्राड पिटको फोटोलाई सँगसँगै राखिएको फोटो र क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही फ्यानहरूले यसलाई ‘प्रेरणा’ भनेका छन् भने अरुले ‘नक्कल’को लेबल लगाएका छन् । कयौँले यसलाई कपी भनेको भएपनि केहीले यसलाई शाहरुखको पुरानो शैली भनेका छन् ।

‘जब ह्यारी मेट सेजल’मा पनि शाहरुखले एउटा दृश्यमा नीलो शर्टबाहिर हल्का खैरो ज्याकेट लगाएका थिए । फ्यानहरूले शाहरुखको यो लुकको बचाउ पनि गरिरहेका छन् । यो पोस्टमा किंगका निर्देशक सिद्धार्थ आनन्दले रमाइलो तरिकाले प्रतिक्रिया दिएका छन् ।

उनले कमेन्टमा दुई वटा हासिरहेको इमोजी राखेका छन् । यस्ता तुलनाहरूलाई उनले मजाकको रूपमा लिइरहेको स्पष्ट छ  । सिद्धार्थले यस अघि पठान र फाइटर जस्ता एक्शन ब्लकबस्टरहरू दिइसकेका छन् । चोरीको आरोपलाई उनले अस्वीकार गरेका छैनन् । यसलाई उनले ‘सोसल मिडिया ओभरथिङ्किङ’ भनेका छन् ।

सिद्धार्थ र शाहरुखले एक साथ काम गरेको किंग तेस्रो फिल्म हुनेछ । यसमा अभिषेक बच्चन, दीपिका पादुकोण, रानी मुखर्जी, राघव जुयाल, अभय वर्मा, अरशद वारसी, अनिल कपूर र संजय दत्तसँगै शाहरुखकी छोरी सुहाना खानको अभिनय छ । रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सद्वारा निर्मित यो एक्सन थ्रिलर २०२६ मा हलमा आउनेछ । सिद्धार्थले यसलाई आफ्नो ‘सबैभन्दा भद्रगोल’ फिल्म भनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *