सर्लाही, १८ कार्त्तिक । सर्वाेच्च अदालतले नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शाक्यले आफुलाई कानुनविपरीत हटाइएको भन्दै अन्तरिम आदेश माग गरी सर्वाेच्चमा रिट दायर गरेका थिए । 

रिटउपर सोमबार प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेशको विषयमा छलफल गर्न २१ कात्तिकमा दुवै पक्षलाई बोलाएको छ । 

गत ५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *