सर्लाही । बलिउड जोडी कट्रिना कैफ र विक्की कौशलले पहिलो सन्तानलाई जन्म दिएका छन् ।

इन्स्टाग्राममार्फत उनीहरूले शुक्रबार पुत्रलाभ गरेको जनाएका छन् । उनीहरूले स्टाटसमार्फत खुसी बाँडेका छन् ।

पोस्टमा लेखेका छन्, ‘हाम्रो खुशीको उपहार आइपुगेको छ । अपार कृतज्ञताका साथ, हामी हाम्रो सानो पाहुनालाई स्वागत गर्दछौं । नोभेम्बर ७, २०२५ । क्याट्रिना र विक्की ।’

सेप्टेम्बर २३ मा, दुवैले आफ्नो पहिलो बच्चाको अपेक्षा गरिरहेको घोषणा गरेका थिए । उनीहरूले यसलाई “हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय’ भनेका थिए ।

उक्त भावनात्मक नोटमा दम्पतीले लेखेका थिए, ‘हामी आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं ।’

उनीहरूको पहिलो भेट सन् २०१९ को स्क्रिन अवार्डमा भएको थियो, जुन विक्की कौशलले आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *