काठमाडौं, २३ कार्त्तिक । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ । बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो ।

यी तथ्याङ्कहरू केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का हुन् ।

बीबीसी हिन्दीका अनुसार, दिल्लीमा धेरै यस्ता इलाकाहरू छन् जहाँ प्रदूषणको स्तर निकै चिन्ताजनक छ र एक्यूआई ४०० भन्दा माथि पुगेको छ।

सीपीसीबीका अनुसार, आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा बढी ४३६ रेकर्ड गरिएको छ ।

यसबाहेक, चाँदनी चोकमा एक्यूआई ४०९ रहँदा आरके पुरम र पटपडगञ्जमा क्रमशः ४२२ र ४२५ रेकर्ड गरिएको छ ।

यसभन्दा अघि शनिबार पनि दिल्लीमा हावाको गुणस्तर बिहान ‘धेरै खराब’ श्रेणीमा थियो। बिहान ८ बजे दिल्लीको औसत एक्यूआई ३५५ रेकर्ड गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *