सर्लाही, २४ कार्त्तिक । मुख्यमन्त्री नियुक्तिमा विवाद भएपछि मधेश प्रदेशका विपक्षी दलहरू प्रदेश सभामुखलाई हटाउने तयारीमा लागेका छन् ।
अहिले प्रदेश सरकारका विपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीलगाय पार्टीहरू सभामुख रामचन्द्र मण्डललाई अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।
‘प्रदेशसभा सञ्चालन नियमावली २०७५ अनुसार अविश्वासको प्रस्ताव दर्ताको तयारीमा छौँ,’ जसपा नेपालका सांसद मनिष सुमनले भने ।
यस विषयमा भने नेपाली कांग्रेस आन्तरिक छलफलमा छ ।
