सर्लाही, ३० कार्त्तिक । चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । प्रधानमन्त्री साने ताकाइचीको ताइबानबारे टिप्पणीलाई लिएर बेइजिङस्थित देशका राजदूतलाई समेत चीनले बोलाएको छ ।

चीन र जापान यस हप्ता बढ्दो वाक्युद्धमा फसेका छन्, जसको सुरुवात ताकाइचीले ताइबानमाथि आक्रमण गरेमा जापानले आफ्नै आत्मरक्षा बल प्रयोग गरेर जवाफ दिने चेतावनी दिएपछि भएको हो ।

दुवै देशका विदेश मन्त्रालयले एक–अर्कासँग गम्भीर विरोध जनाएका छन् । एक चिनियाँ कूटनीतिज्ञले पनि एउटा टिप्पणी गरेका छन्, जसलाई कतिपयले ताकाइचीको टाउको काट्ने धम्कीका रूपमा व्याख्या गरेका छन् ।

यो विवादले चीन र जापानबिचको ऐतिहासिक शत्रुता, साथै स्वशासित ताइबानको सार्वभौमिकतामा लामो समयदेखिको ‘रणनीतिक अस्पष्टता’लाई संकेत गर्छ ।

गत शुक्रबार जापानमा भएको संसदीय बैठकमा हालको तनावबारे छलफल भएको थियो । बैठकमा एक विपक्षी सांसदले ताइवानवरपरका कुन परिस्थितिले जापानको लागि खतराको स्थितिको रूपमा गणना गर्नेछन् भनेर प्रश्न गरेका थिए ।

‘यदि युद्धपोतहरू र बल प्रयोग भएका छन् भने यसले बाँच्नका लागि खतराको स्थिति निम्त्याउन सक्छ,’ ताकाइचीले जवाफ दिए ।

‘बाँच्नका लागि खतराको स्थिति’ जापानको २०१५ सुरक्षा कानुनअन्तर्गत एक कानुनी शब्द हो, जसको अर्थ उसका सहयोगीमाथि सशस्त्र आक्रमणले जापानका लागि अस्तित्वगत खतरा निम्त्याउँछ भन्ने बुझिन्छ । यस्तो अवस्थामा जापानको आत्मरक्षा बललाई खतराको प्रतिक्रिया दिन सक्रिय गर्न सकिन्छ ।

ताकाइचीको टिप्पणीले बेइजिङ तुरुन्तै आक्रोशित भयो । पछि चीनको विदेश मन्त्रालयले उनका अभिव्यक्तिलाई ‘घृणित’ भनेर वर्णन गर्‍यो । गत शनिबार जापानी सहर ओसाकामा चीनका कन्सुल जनरल सुए जियानले एक्समा ताकाइचीको संसदीय टिप्पणीबारे विवादास्पद लेख पुन: साझा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *