सर्लाही, ०१ मंसिर । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला सोनवर्षा थाना अन्तर्गत कोबरवा बस्ने २२ वर्षीय तशिफ शेख र सोही जिल्ला बेला थाना अन्तर्गत लहुरिया–१०, खुर्साहा बस्ने १९ वर्षीय फरहान राजा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार उनीहरूको साथबाट ११.९१ ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा सीमावर्ती संग्रामपुर क्षेत्रबाट दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रहरीले आज सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका शेख र राजा जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *