लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

Byसदाम हुसैन

२०८२ मंसिर १, सोमवार २०८२ मंसिर १, सोमवार २०८२ मंसिर १, सोमवार

प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा आइतबार रातभर प्रहरी टोली तैनाथ भएको थियो ।

इन्स्पेक्टर जोहारी नेतृत्वको प्रहरी टोलीले सोमबार बिहान ५ बजेतिर लालबन्दी नगरपालिका–६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको हो । 

उक्त गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठसमेत पक्राउ परेका छन् । लखन्देही खोलाको भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको सूचना पाएपछि प्रहरी टोली लालबन्दी ६ को शिव मन्दिर आसपासमा बाटो ढुकेर बसेको थियो ।

भित्री बाटो हुँदै प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको लालबन्दी प्रहरीका प्रमुख इन्स्पेक्टर जोहारीले जानकारी दिनुभयो । उहाँका अनुसार अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको हो ।

पक्राउ परेका श्रेष्ठ अटोमा सवार थिए । मोटरसाइकलमा रहेका मानिस भने फरार भएका र उनीहरुको खोजी भइरहेको लालबन्दी प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *