सर्लाही, ०३ मंसिर । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गरेपछि सर्लाहीमा तयारी तीव्र गरिएको छ । यही क्रममा जिल्ला प्रशासन कार्यालय मलंगवामा मंगलबार सरोकारवालासँग विशेष छलफल सम्पन्न भएको हो ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले आवश्यक परे वर्तमान मतदानस्थल स्थानान्तरण गर्नुपर्ने वा नयाँ थप गर्नुपर्ने अवस्था भए वडास्तरीय समितिहरूले छिटो सिफारिस पठाउन आग्रह गरेको छ ।

जिल्लामा हाल ३१२ मतदानस्थल र ६०० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले जानकारी दिए ।

निर्वाचन तयारीसँगै आजै जिल्ला विपद्‌ व्यवस्थापन समितिको बैठक पनि सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।

उनका अनुसार हाल शिलतहर प्रभावित क्षेत्रलाई कसरी सुरक्षित बनाउने भन्नेबारे छलफल गरी आवश्यक तयारी अघि बढाउने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *