सर्लाही, ०३ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । राजधानीको टोली काठमान्डु गोर्खाज र सुदूरपश्चिमको टोली सुदूरपश्चिम रोयल्स आज खेल्दै छन् ।
खेल त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजेदेखि सुरु हुनेछ । काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो भने सुदूरपश्चिमले पहिलो खेल खेल्दैछ ।
काठमानडुको कप्तानमा करण केसी छन् भने सुदूरपश्चिमको कप्तानमा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् ।
गत संस्करण उपविजेता भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित पहिलो खेल जित्ने दाउमा हुनेछ भने काठमान्डु जित निकाल्दै उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
गत संस्करण भएको लिग चरणको खेलमा सुदूरले काठमान्डुमाथि एकपक्षीय जित निकालेको थियो ।
काठमान्डुको टोलीमा बेन चार्ल्सवर्थ, जेरार्ड एरासमस, जोन सिम्पसन र मिलिन्द कुमारजस्ता विदेशी खेलाडी छन् । सुदूरमा हर्मीत सिंह, स्कट कुग्लेइन, ध्रुन पराशर र दुई अस्ट्रेलियन खेलाडी क्रिस लिन र जोश ब्राउन छन् ।
काठमान्डुको टिम : करण केसी, भिम शार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुल बहादुर थापा, सन्तोष यादव, सोनु देवकोटा, जेरार्ड एरासमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेल
सुदूरपश्चिमको टिम : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह, ध्रुव पराशर
