सर्लाही, ०५ मंसिर । जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज उपाध्यायमाथि हात उठाउनेलाई कारबाही नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका छन् ।

सरकार र गृहमन्त्रीतर्फ लक्षित गर्दै गुरुङले सिमरा प्रदर्शनमा जेन-जी जिल्ला संयोजक सम्राटमाथि कुटपिट गर्नेलाई शुक्रबार बिहान १० बजेसम्म पक्राउ नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आएर हाम्रो सिमराका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ गरिएन भने, देशव्यापी विरोध सुरु गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *