बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा

Byसदाम हुसैन

२०८२ श्रावण १४, बुधवार २०८२ श्रावण १४, बुधवार २०८२ श्रावण १४, बुधवार

सर्लाही, १४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अहिराजमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन् । उनी ४ साउनमा पक्राउ परेका थिए । प्रहरीको नौ दिन लामो अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।पीडित महिलाका अनुसार ४ जेठ २०८१मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा आएर अहिराजले बलात्कार गरेका थिए ।एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ । कोठामा आएका झाले पानी दिएलगत्तै ढोकाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार गरेको युवतीको बयान छ ।’मैले किन चुकुल लगाउनुभएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु भन्दै मेरो अस्मिता लुटियो’, युवतीले बयान दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *