सर्लाही, २४ म‌सिर । सम्झौताअनुसार काम नगर्ने सडक विभागअन्तर्गतको ठेक्का हालसम्म ३५ वटा तोडिएको छ । विभागले तयार गरेको मंगलबारसम्मको तथ्यांकअनुसार दुई अर्ब नौ करोड ७९ लाख ५३ हजारबराबरको ३३ ठेक्का तोडिएको हो ।

त्योबाहेक थप दुई ठेक्का तोडिए पनि ठेक्का रकम भने खुलाइएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले दुई अर्ब रुपैयाँ हाराहारीको ठेक्का तोडिएको बताए । हालसम्म सडकतर्फ १८ अर्बबराबरको दुई सय ३५ ठेक्का तोड्ने गरी सूचना जारी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *