सर्लाही, २७ मैसिर । सर्लाहीको चुरे क्षेत्र अन्तर्गत ईश्वरपुर नगरपालिका–१२ पिपलदमारमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बाँके खोला हुँदै पिपलदमार क्षेत्रमा पुगेर साढे ३ बिघा क्षेत्रफलमा फैलिएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

चुरेभेगमा अन्य बाली खासै नउब्जने भएकाले स्थानीय बासिन्दाले आम्दानीको स्रोतका रूपमा गाँजा खेती गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । तर, नेपाल सरकारको प्रचलित कानूनअनुसार गाँजा खेती अवैधानिक रहेको भन्दै प्रहरीले नियमित अनुगमन र नियन्त्रण अभियान तीव्र बनाइएको बताएको छ ।

प्रहरीले आगामी दिनमा पनि अवैध गाँजा खेती तथा लागुऔषधसम्बन्धी गतिविधिविरुद्ध कडाइका साथ कारबाही जारी राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *