मेस्सी आइपुगे भारत, गोट टुरमा खेल्नेछन् प्रदर्शन खेल

Byसदाम हुसैन

२०८२ मंसिर २७, शनिवार २०८२ मंसिर २७, शनिवार २०८२ मंसिर २७, शनिवार

फुटबल विश्वविजेता टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको भारत आइपुगेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी गएराति यूएईहुँदै भारतको कोलकाता शहर आइपुगेका हुन् । आजै बिहानदेखि उनको गोट टुर सुरु भएको छ ।  

तीन दिन भारतमा रहने मेस्सीले कोलाकाता, हैदराबाद, मुम्बई र दिल्ली शहरमो भ्रमण गर्नेछन् । यस क्रममा उनले भारतीय प्रधानमन्त्री, सेलिब्रिटी, दिग्गज खेलाडी र युवाहरूसँग भेटघाट तथा अन्तक्र्रिया गर्नेछन् । 

मेस्सीसँगै इन्टर मियामीमा उनका टिममेट्स उरुग्वेका लुइस सुआरेज र अर्जेन्टिनाका रोड्रिगो डे पल पनि भारत आएका छन् । 

सुआरेज र डे पल दुवै एमएलएस टिम इन्टर मियामीका लागि चम्किरहेका खेलाडी हुन् । योभन्दा पर उनीहरू विश्व फुटबलका स्थापित नाम हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *