सर्लाही, ०२ पुष । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा चौधरीले पार्टी आफ्नो नीति–सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएकाले पार्टीभित्र काम गर्ने वातावरण नरहेको उल्लेख गरेका छन् । यस्ता कारणले आफूले पद मात्र नभई पार्टीको साधारण सदस्यता समेत त्यागेको जनाएका छन् ।
उनले पार्टीमा रहँदा सहयोग गर्ने सम्पूर्ण नेतृत्व तथा नेतागणप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
सर्लाहीको हरिपुर्वा–४ निवासी भरत चौधरी मधेश प्रदेश राजनीतिमा परिचित नेताका रूपमा चिनिँदै आएका छन् । उनि गत निर्वाचनमा सर्लाहीकाे क्षेत्र नं.२काे क बाट चुनावमा प्रतिस्पर्धा गरेका थिए । वर्तमान मधेश प्रदेशका स्वास्थ मन्त्री जंगीलाल रायसंग झिनाे मतान्तारले पराजित भएका थिए ।

