सर्लाही, ०६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ सय ६० दिनको कारागार बसाइपछि आज पार्टी कार्यालय फर्कदै छन् । पछिल्लो पटक २०८१ चैत १८ गते पार्टी कार्यालय पुगेका लामिछाने त्यसपछि आज कार्यालय जाँदै छन् ।
रास्वपा कार्यवाहक सभापति डिपी अर्यालका अनुसार अहिले दिउँसो ३ बजे सभापति लामिछाने पार्टी कार्यालय जानेछन् । पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गर्नेछन् ।
लगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय समिति बैठकलाई रवि लामिछानेले सभापतिका रुपमा सम्बोधन गर्ने छन् ।
बैठकपछि पार्टी कार्यालयमा पुगेका सुभेच्छुकहरुलाई लामिछानेले छोटो सम्बोधन गर्ने जनाइएको छ । लामिछाने पहिलो पटक २०८१ कात्तिक २ गते रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ सय ६० दिनको कारागार बसाइपछि आज पार्टी कार्यालय फर्कदै छन् । पछिल्लो पटक २०८१ चैत १८ गते पार्टी कार्यालय पुगेका लामिछाने त्यसपछि आज कार्यालय जाँदै छन् ।
रास्वपा कार्यवाहक सभापति डिपी अर्यालका अनुसार अहिले दिउँसो ३ बजे सभापति लामिछाने पार्टी कार्यालय जानेछन् । पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गर्नेछन् । लगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय समिति बैठकलाई रवि लामिछानेले सभापतिका रुपमा सम्बोधन गर्ने छन् ।
बैठकपछि पार्टी कार्यालयमा पुगेका सुभेच्छुकहरुलाई लामिछानेले छोटो सम्बोधन गर्ने जनाइएको छ । लामिछाने पहिलो पटक २०८१ कात्तिक २ गते रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।
पोखरा, काठमाडौँ, रुपन्देही र चिवतन गरी ८४ दिनको हिरासत बसाईपछि रवि लामिछाने पार्टी कार्यालय फर्कीएका थिए । चैत १८ गतेको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । त्यसपछि लामिछाने पार्टी कार्यालय फर्का पाएका थिएनन् ।
उनी चैत २२ गते उच्च अदालत तुलसीपुरको आदेशसँगै बुढानिलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । त्यसपछि लामिछाने कारागार चलान भएका थिए ।
