सर्लाही, १३ पुष । सर्लाहीको मलंगवा नगरपालिका–७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आज पक्राउ गरेको छ ।

मिकरानीलाई नागरिकता सम्बन्धि कसूर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

वडाध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको हो ।

मिकरानीविरुद्ध आज नै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए ।

झुठो विवरणको आधारमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको समेत संलग्नता रहेकाले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको बैशाख २२ गते नै निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *