सर्लाही, १६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले विधिभन्दा बाहिरको समानुपातिकको नाम काटिने बताएका छन् ।

पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले समय कम हुँदा समानुपातिक सूचीमा धेरै काम गर्न नसकिएको स्वीकार गरे ।

‘पर्न नहुने मान्छे परेको रहेछ । कुनै पनि हिसाबले त्यो विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ । मैले निर्देशन नै दिइसकेको छु’, रविले भने ।

उनले थपे, ‘रास्वपाले विधिलाई नै प्राथमिकता दिन्छ । विधिमा समस्या छैन म भन्दिनँ, छन् । त्यसलाई समाधान गर्छौँ । त्यसलाई मिनिमाइज गर्छौँ ।’

रास्वपा बढीभन्दा बढी सच्याउने कुरामा रहेको लामिछानेले सुनाए ।

उनले भने, ‘बढीभन्दा बढी सच्याउने कुरामा हामी छौँ, यो सच्चिन्छ । किनभने समय नै बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *