सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

Byसदाम हुसैन

२०८२ भाद्र २, सोमवार २०८२ भाद्र २, सोमवार २०८२ भाद्र २, सोमवार
This handout photograph released by the Russian Space Agency Roscosmos on June 28, 2021, shows a Soyuz-2.1b rocket booster with British OneWeb satellites is seen at a launchpad at the Vostochny cosmodrome outside the city of Uglegorsk, about 200 kms from the city of Blagoveshchensk in the far eastern Amur region. (Photo by Russian Space Agency Roscosmos / AFP) / RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO / RUSSIAN SPACE AGENCY ROSCOSMOS / HANDOUT " - NO MARKETING - NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS

एजेन्सी,  १ भदौ । रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू शुरू भइसकेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो परियोजना रुसको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो । स्पेस रिसर्च इन्स्टिच्युट (आईकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीदेखि शुरू हुनेछ ।

मस्यौदा डिजाइन चरण पूरा गर्न झन्डै दुई वर्ष लाग्ने अनुमान छ । यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएशनसहित रुसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर प्रगतिलाई अघि बढाइने प्रमुख कोराबलेभले बताउनुभएको खबरमा उल्लेख छ ।

उहाँका अनुसार डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ । भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *