इजरायली सेनाद्वारा गाजामा आक्रमणको पहिलो चरण शुरु

Byसदाम हुसैन

२०८२ भाद्र ५, बिहीवार २०८२ भाद्र ५, बिहीवार २०८२ भाद्र ५, बिहीवार
Palestinians rush for cover as smoke billows after an Israeli strike on a building in Jabalia in the northern Gaza Strip on August 20, 2025. Israel's defence minister approved a plan on August 20, for the conquest of Gaza City and authorised the call-up of around 60,000 reservists, piling pressure on Hamas as mediators push for a ceasefire. (Photo by BASHAR TALEB / AFP)

एजेन्सी, ०५ भदाै । इजरायली सेनाले गाजा शहरमा आक्रमणको पहिलो चरण शुरु गरेको बताएको छ । इजरायली सेनाले गाजा शहरका सबै क्षेत्र कब्जा गर्न योजनाबद्ध जमिन आक्रमणको प्रारम्भिक कारबाही शुरु गरेको बताएको बीबीसीले जनाएको छ । गाजा क्षेत्रको बाहिरी भागमा पहिले नै इजरायलको नियन्त्रणमा छ ।

गाजामा पक्राउ परेका इजरायली सेना, कर्मचारी र नागकिरलाई मुक्त गर्न अर्को महिनाको शुरुमै भन्डै ६० हजार सैनिक परिचालन गर्ने बताएको छ । हमासले निर्दोष नागरिकविरुद्ध क्रूर युद्ध जारी राख्ने पक्षमा इजरायललाई युद्धविराम सम्झौतामा बाधा पुर्‍याएको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायलले कब्जाको योजनाको तयारी शुरु हुँदै गर्दा गाजा शहरका लाखौं प्यालेस्टिनीहरूलाई दक्षिणी गाजामा रहेका आश्रयस्थलहरू छोड्न र आश्रयस्थलहरूमा जान आदेश दिन सक्ने बताइएको छ । यो योजनाको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले चेतावनी दिनुभएको छ । इजरायलको योजनाले दुवै देशका नागरिको लागि विपत्ति मात्र निम्त्याउने र सबै क्षेत्रलाई स्थायी युद्धको चक्रमा डुबाउने जोखिम रहेको उहाँले टिप्पणी गर्नुभएको छ ।

यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समितिले थप विस्थापन र शत्रुताको तीव्रताले गाजाको २१ लाख जनसङ्ख्याको लागि पहिले नै विनाशकारी अवस्थालाई बिगार्ने जोखिम रहेको बताएको छ । गएको महिना युद्धविराम र बन्धक रिहाइ सम्झौतामा हमाससँग अप्रत्यक्ष वार्ता भङ्ग भएपछि इजरायलको सरकारले सम्पूर्ण गाजा पट्टी कब्जा गर्ने आफ्नो योजना घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *