अमेरिकाले भारतमाथि लगाएको उच्च भन्सार कर विरुद्ध अमेरिकाभित्रै विरोध

Byसदाम हुसैन

२०८२ भाद्र ९, सोमवार २०८२ भाद्र ९, सोमवार २०८२ भाद्र ९, सोमवार

काठमाण्डौं, ०९ भदाै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै दुई देशबीचको सम्बन्ध चिसिएको छ । अमेरिका भित्रै भारतविरुद्ध ट्रम्पको नीतिप्रति असन्तुष्टि र चिन्ता व्यक्त भइरहेको बीबीसीले जनाएको छ ।

अमेरिकन रिपब्लिकन नेतृ निक्की हेलीले अमेरिकाले चीनलाई सन्तुलनमा राख्न भारत जस्तो मित्र राष्ट्रसँग सम्बन्ध बिगार्न नहुने तर्क गर्नुभएको छ । व्यापार र तेलसम्बन्धी विवाद गम्भीर भए पनि साझा लक्ष्य चीनविरुद्धको रणनीति भएको उहाँको टिप्पणी छ ।

पूर्व अमेरिकी विदेशमन्त्री जोन केरीले ट्रम्पले आफ्ना नयाँ कर नीतिबाट मित्र राष्ट्रलाई टाढा पार्ने काम गरिरहेको आरोप लगाउनुभएको छ । भारतसँगको तनाव दुर्भाग्यपूर्ण भन्दै उहाँले यसले गएको २५ वर्षको मेहनतलाई खतरामा पार्ने बताउनुभयो ।

अमेरिकी मिडियाले पनि ट्रम्पको नीतिलाई कडा आलोचना गरेको छ । विश्लेषकहरूले अब भारतले आफ्नो कूटनीति सम्बन्ध परिवर्तन गर्नुपर्ने भन्दै चीन र रूससँगको सम्बन्ध फेरि सन्तुलनमा ल्याउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि पहिलो पटक अगस्ट ७ मा २५ प्रतिशत र दोस्रो पटक अगस्टमा २७ मा २५ प्रतिशत गरी कुल ५० प्रतिशत भन्सार कर घोषणा गर्नुभएको छ । भारतले रूसबाट तेलको आयात गरिरहेको भन्दै अमेरिकाले भन्सार कर बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *