बुधबारदेखि भारतलाई २५ प्रतिशत अतिरिक्त कर, अमेरिकाले जारी गर्‍यो सूचना

Byसदाम हुसैन

२०८२ भाद्र १०, मंगलवार २०८२ भाद्र १०, मंगलवार २०८२ भाद्र १०, मंगलवार

काठमाण्डाै‌, १० भदाै । अमेरिकाले भारतका सामानमा बुधबार (अगस्ट २७) देखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेशअन्तर्गत भारतविरुद्ध थपिएको कर बुधबारदेखि लागु हुने भएको हो ।

यस विषयमा अमेरिकाको गृह सुरक्षा विभागले आज नयाँ भन्सार करसहित सूचना जारी गरेको छ ।

अब योसँगै भारतबाट अमेरिका भित्रिने सामानका लागि ५० प्रतिशत भन्सार शुल्क लाग्नेछ ।

अमेरिकाले भारतले रुसबाट तेल खरिद गरिरहेको कारण देखाउँदै भन्सार कर बढाएको हो। ताकि भारतले रुसबाट तेल किन्न बन्द गरोस् ।

भारतले भने ‘यो कार्य अनुचित र तर्कहीन’ भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *