सर्लाही, २० कार्त्तिक । जेनजी प्रदर्शन हुँदा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ घर भएकी २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका–२ घर भएकी २२ वर्षीया आयुषा कुमाल छन् ।
आरोपीहरूलाई बुधवार बुढानीलकण्ठको गैरीगाउँबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनीहरुले भदौ २४ मा भएको प्रदर्शनको मौका छोपेर मेयरको घरमा तोडफोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरूमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
