नागरिकता छानबिन मागपछि सुदन गुरुङको महेश बस्नेतप्रति आक्रोश

Byसदाम हुसैन

२०८२ कार्तिक २३, आइतवार २०८२ कार्तिक २३, आइतवार २०८२ कार्तिक २३, आइतवार

सर्लाही, २३ कार्त्तिक । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आफ्नो नागरिकता छानबिन गर्न सरकारसँग माग गरेपछि जेनजी पुस्ताबीच चर्चित सुदन गुरुङले युवासंघका पूर्वअध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतप्रति तीव्र आक्रोश पोखेका छन् ।

शनिबार एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थितिमा बसेको युवासंघको बैठकले गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई एक साताभित्र कदम चाल्न अल्टिमेटम दिएको थियो ।

बैठकपछि संघका प्रवक्ता निरोज पौडेलले सरकार निष्क्रिय भएमा संघ स्वयंले खोजी गरी विषयलाई कानुनी प्रक्रियामा लैजाने चेतावनी दिएका थिए ।

युवासंघको उक्त निर्णयपछि गुरुङले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै लेखेका छन्,
“थ्यांक्यु माई डियर महेश ब्रो, फाइनल्ली। मेरो १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईंको निधारमा सुपर ग्लुले प्ल्याट पारेर टाल्दिन्छु।”

उनको यो टिप्पणी सार्वजनिक भएपछि एमालेभित्र पनि चर्को बहस सुरु भएको छ । केही नेताले युवासंघको निर्णयलाई असामयिक बताएका छन् भने केहीले नागरिकता विषयमा सार्वजनिक विवादले पार्टीको छवि प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

सुदन गुरुङ हाल सामाजिक सञ्जालमा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै सक्रिय रहँदै आएका छन् । उनले हालैका राजनीतिक र सामाजिक विषयमा outspoken रूपमा टिप्पणी गर्दै आएका कारण युवामाझ चर्चामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *