जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामावली सार्वजनिक

Byसदाम हुसैन

२०८२ कार्तिक २७, बिहीवार २०८२ कार्तिक २७, बिहीवार २०८२ कार्तिक २७, बिहीवार

सर्लाही, २७ कार्त्तिक । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति गठन गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर नेता सुदन किराँतीले ३१ सदस्यीय समिति गठन गरेको जानकारी गराए ।

अभियानले भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने संकल्प सार्वजनिक गरेको छ ।

जुनसुकै मूल्यमा निर्वाचनलाई सफल गर्नुपर्ने, देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने, जेन जेड विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बन्दै सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *