सर्लाही, २१ मंसिर । सर्लाही सदरमुकाम मलंगवास्थित प्रधान कार्यालय रहेको राजश्री सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज भव्य रूपमा सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष नागेन्द्रप्रसाद यादवले अध्यक्षता गर्दै संस्थाले हासिल गरेको आर्थिक प्रगतिले राजश्री देशकै अग्रणी सहकारीका रूपमा स्थापित भएको बताए । कार्यक्रममा मधेश प्रदेशसभा सदस्य संजय यादव प्रमुख आतिथ्यका रूपमा उपस्थित थिए ।

अध्यक्ष यादवका अनुसार संस्थाले हालसम्म ९० करोड ८७ लाख रुपैयाँ बराबरको शेयर पूँजी, २२ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन, १५ अर्ब ३४ करोड ४ लाख रुपैयाँ ऋण लगानी तथा १ करोड ३४ लाख ४७ हजार रुपैयाँ नाफा गर्दै देशकै नम्बर–१ सहकारी संस्था बन्न सफल भएको हो ।

सभामा प्रबन्धक राजनहरि श्रेष्ठले संस्थाले मलंगवामा रहेको प्रधान कार्यालयसहित देशका विभिन्न स्थानमा १४ वटा सेवा केन्द्रमार्फत सेवा विस्तार गरिरहेको जानकारी दिए ।

उनले कर्मचारी, फिल्ड कार्यकर्ता तथा शेयरधनीहरूको निरन्तर मेहनत र समर्पणका कारण आज संस्थाले उत्कृष्ट सफलता हासिल गरेको बताए ।

वार्षिक साधारण सभाको अवसरमा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने तीन जना फिल्ड कर्मचारीलाई सम्मान गरिएको थियो ।

जसमा ९ करोड ४८ लाख ५६ हजार बढि निक्षेप संकलन गरेर जनकपुर सेवा केन्द्रका फिल्ड कर्मचारी सुनिल प्रसाद सिंह प्रथम, ७ करोड ९६ लाख ९६ हजार बढि निक्षेप संकलन गरेर मलंगवा सेवा केन्द्रका खुशिलाल राय दोस्रो र ७ करोड बढि निक्षेप संकलन गरेर सिरहा सेवा केन्द्र लहानका लिलेश्वर भगतले तेस्रो स्थान प्राप्त गरेका छन ।

कार्यक्रमको संचालन सुबोध हरिराज उपाध्यायले गरेका थिए भने राजश्रीको २५ औं वार्षिक साधारण सभा सदरमुकाम मलंगवा स्थित मलंगवा पार्टी पैलेसमा सम्पन्न भएको छ ।

Raj Shree

Leave a Reply

Your email address will not be published. Required fields are marked *