सर्लाही, २२ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक घरबाट ३८ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ ।

सूर्यविनायक नगरपालिका–५ कटुन्जे कोलडाँडा बस्ने ३५ वर्षीय सुशील थापाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ३८ लाख ४६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

ठूलो मात्रामा नगद तथा धनमाल चोरेर फरार भएको प्रहरीले बताएको छ।

चोरीमा संलग्नहरुको खोजी भइरहेको बताए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *