सर्लाही, २२ मंसिर । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले जेन–जी पुस्ताका युवायुवतीलाई लक्षित गरी स्वयंसेवक प्रशिक्षण, परिचालन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पहिलो निर्णय गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री यादवले आपतकालीन राहत उद्धारमा आवश्यक पर्ने दक्ष स्वयंसेवक उत्पादन गर्ने उद्देश्यले युवायुवतीलाई प्रशिक्षण दिई परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सोही कार्यक्रमलाई रोजगारसँग जोड्दै प्रभावकारी बनाइने उनले बताए ।

मन्त्री यादवका अनुसार प्राकृतिक विपद्, दुर्घटना तथा अन्य आपतकालीन अवस्थाको सामना गर्न प्रदेशस्तरमा प्रशिक्षित जनशक्ति अभाव रहेको भन्दै जेन–जी पुस्तालाई केन्द्रमा राखेर स्वयंसेवक कार्यक्रम अघि बढाइनेछ । यसका लागि आवश्यक बजेटको व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

अर्थमन्त्री यादव जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *