सर्लाही, ०१ पुष । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित खाल्टे बजार महादेव मन्दिर नजिकबाट प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त प्रहरी टोलीले ढल्केवरबाट खाल्टे बजारतर्फ आउँदै गरेको बीआर ३० डब्लू १३०९  भारतीय नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले बोकेको झोला र बोराभित्रबाट ५ किलो २८० ग्राम र ५ किलो ३७० ग्राम गरी जम्मा १० किलो ६ सय ५० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोटरसाइकलचालक महोत्तरीको सोनमा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय हरेन्द्र बैठा र मोटरसाइकलमा सवार सोही स्थानका अन्दाजी २१ वर्षीय अर्जुन बैठा रहेका छन् ।

प्रहरीले लागुऔषध गाँजा, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *