सर्लाही, ०१ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले ११ औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । २७ मंसिरमा भक्तपुरको सल्लाघारीबाट उद्घाटन भएको पार्टीको महाधिवेशन काठमाडौंको भृकुटीमण्डमा बन्दसत्रहुँदै नयाँ नेतृत्व चयनको चुनावी प्रक्रियामा सामेल भएको छ ।
निर्वाचनमार्फत एमालेले कुल ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । त्यसका लागि मंगलबार दिउँसो ४ बजे निर्वाचन समय तोकिएको छ ।
निर्वाचन समितिबाट प्रकाशित उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षसहित पदाधिकारी, सबै क्लस्टरबाट केन्द्रीय सदस्यमा कुल ७०९ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारबाटै उठ्यो साढे ३७ लाखभन्दा बढी शुल्क
नेकपा एमालेले ११औँ महाधिवेशनमा उम्मेदवारहरूबाटै साढे ३७ लाखभन्दा बढी शुल्क उठाएको छ । अध्यक्ष, पदाधिकारीसहित ७०९ सदस्यहरूको उम्मेदवारीबाट कुल ३७ लाख ६५ हजार रुपैयाँ उमेदवारी शुल्क उठाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले ११औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । २७ मंसिरमा भक्तपुरको सल्लाघारीबाट उद्घाटन भएको पार्टीको महाधिवेशन काठमाडौंको भृकुटीमण्डमा बन्दसत्रहुँदै नयाँ नेतृत्व चयनको चुनावी प्रक्रियामा सामेल भएको छ ।
निर्वाचनमार्फत एमालेले कुल ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । त्यसका लागि मंगलबार दिउँसो ४ बजे निर्वाचन समय तोकिएको छ ।
निर्वाचन समितिबाट प्रकाशित उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षसहित पदाधिकारी, सबै क्लस्टरबाट केन्द्रीय सदस्यमा कुल ७०९ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारबाटै उठ्यो साढे ३७ लाखभन्दा बढी शुल्क
नेकपा एमालेले ११औँ महाधिवेशनमा उम्मेदवारहरूबाटै साढे ३७ लाखभन्दा बढी शुल्क उठाएको छ । अध्यक्ष, पदाधिकारीसहित ७०९ सदस्यहरूको उम्मेदवारीबाट कुल ३७ लाख ६५ हजार रुपैयाँ उमेदवारी शुल्क उठाएको हो ।
एमालेले अध्यक्षको उम्मेदवारका लागि प्रतिउमेदवार १५ हजार रुपैयाँ शुल्क तोकेको छ भने पदाधिकारीको उम्मेदवारका लागि १० हजार रुपैयाँ र केन्द्रीय सदस्यहरूका लागि प्रतिउम्मेदवार ५ हजार रुपैयाँ शुल्क तोकेको छ ।
उम्मेदवार र संकलित शुल्क
अध्यक्ष, दुई उम्मेदवार– रु. ३०,०००
उपाध्यक्ष, ११ उम्मेदवार– रु. १,१०,०००
महासचिव, दुई उम्मेदवार– रु. २०,०००
उपमहासचिव, ७ उमेदवार– रु. ७०,०००
सचिव, २० उम्मेदवार– रु. २,००,०००
केन्द्रीय सदस्य, ६६७ उम्मेदवार– रु. ३३,३५,०००
कुल– रु. ३७,६५,०००