सर्लाही, १३ पुष । जेनजी आन्दोलनपछि चर्चामा आएका द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौंं । जय देश ।’

आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर बालेनबिच एकता सम्झौता भएको हो । उनीहरूबिच ७ बुँदे सम्झौता भएको छ ।

सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न रास्वपाकै घण्टी हुनेछ ।

यसअघि रवि र बालेनबीच सहमतिको प्रयास चलिरहँदा शनिबार सामाजिक सञ्जालमा सुदनले आफूहरू कुनै पनि राजनीति दलमा संलग्न नहुने संकेत गरेका थिए ।

यसअघि रवि र बालेनबीच सहमतिको प्रयास चलिरहँदा शनिबार सामाजिक सञ्जालमा सुदनले आफूहरू कुनै पनि राजनीति दलमा संलग्न नहुने संकेत गरेका थिए ।

आर्यघाटमा अन्त्येष्टिको क्रममा जेनजी आन्दोलनका शहीदको खुट्टा ढोग्दै गरेको तस्बिर पोष्ट गर्दै सुदनले लेखेका थिए, ‘त्यो चिसो खुट्टाको कसम, राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका निम्ती एकीकरण अभियान चलाउँदै गर्दा हाम्रो कुनै पनि राजनैतिक दलमा संलग्नता नरहेको स्पष्ट गर्न चाहन्छु ।’

उनले अगाडिले लेखेका थिए, ‘सत्तामा रहेको शक्ति पद वा व्यक्तिगत प्रसिद्धताले हामी कहिल्यै आकर्षित वा लाभान्वित भएका छैनौं हुने पनि छैनौँ ।

हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना हेर्दै गरेका सम्पूर्ण उदाउँदै गरेका विभिन्न राजनैतिक शक्तिहरूलाई स्मरण रहोस् जेन्जीको जनादेश, साहसी जेन–जी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेतृत्व र सम्मानजनक स्थान र सहिद तथा घाइतेका बलिदानलाई  प्राथमिकतामा राख्ने शक्तिलाई मात्र हामी स्वीकार्ने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *