सर्लाही, १६ पुष । सर्लाहीबाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई सांसद मधेस प्रदेश सरकारका मन्त्री बनेका छन् । सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद जवाहरलाल कुशवाहा र सर्लाही क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद फकिरा महतो मन्त्री नियुक्त भएका हुन् ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै महतोलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तै, कुशवाहालाई पनि प्रदेश सरकारको मन्त्रीमा समावेश गरिएको छ भने उनको मन्त्रालयबारे औपचारिक जानकारी सार्वजनिक हुन बाँकी रहेको छ ।

मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकारमा सर्लाहीको प्रतिनिधित्व थप सुदृढ भएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेशको शान्ति–सुरक्षा, सुशासन र विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *