सर्लाही, १७ पुष । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी अघि बढाइएको हो ।

आयोगले लेखकसँग दुई पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।

त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान गरेको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिए । बयानका काम सकिएसँगै लेखकको स्थानहद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको स्थान हद फुकुवा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *