सर्लाही, ०४ माघ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले विषेश महाधिवेशनपक्षधरलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च जान लागेको हो ।

शुक्रबार पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वालाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएको थियो । 


शनिबार कांग्रेस पार्टी कार्यालयमै बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो । निर्वाचन आयोगबाट निरुपण भइसकेकाले अब सर्वोच्च जाने तयारी छ । बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई यसको जिम्मेवारी तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *