सर्लाही, १९ माघ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध भड्किने चेतावनी दिएका छन् ।

तेहरानमा आइतबार आयोजित एक कार्यक्रममा उनले अमेरिका युद्ध सुरु गरे यसपटक त्यसको असर सम्पूर्ण क्षेत्रमा फैलिने बताएको अल जजिराले जनाएको छ ।

यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति बढाइरहेका बेला आएको हो ।

खामेनीले अमेरिकाले इरानका तेल र ग्यास स्रोत कब्जा गर्न चाहेको आरोप लगाए । उनले हालै भएका सरकारविरोधी आन्दोलनलाई ‘कु’जस्तै षड्यन्त्र भन्दै त्यस क्रममा सरकारी कार्यालय, बैंक र मस्जिदमा आक्रमण भएको दाबी गरे ।

यता, प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्याबारे अन्तर्राष्ट्रिय संस्था र मानवअधिकार समूहहरूले हजारौँ मानिस मारिएको बताएका छन् भने इरानी सरकारले कम सङ्ख्या मात्रै स्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *