सर्लाही, १९ माघ । मधेश प्रदेशको राजधानी जिल्ला समेत रहेको धनुषामा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस जिल्लालाई मधेशको राजनीतिक गढका रूपमा चिनिन्छ। उम्मेदवार बनेका नेताहरूको गतिविधि बढेसँगै चुनावी चर्चा पनि चुलिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारै निर्वाचन क्षेत्रमा ठुला दलका अनुभवी तथा चर्चित नेताहरू चुनावी मैदानमा छन् । धनुषाको चुनावी मैदानमा पुराना र नयाँ उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिन्छ ।
