सर्लाही, २४ माघ । एक महिलालाई बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी जवान भूपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनगंज बुढा थापाका अनुसार ठगुन्नालाई शुक्रबार काठमाडौँमा पक्राउ गरिएको हो ।
पीडित महिला सुर्खेतकी भएकाले आरोपित ठगुन्नालाई काठमाडौँबाट सुर्खेत लगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उनले बताए ।
‘उनलाई काठमाडौँ प्रहरीको समन्वयमा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी यहाँ ल्याएका हौँ’, डीएसपी बुढाथापाले शनिबार दिउँसो भने ।
अभियोग लागेपछि फरार उनी कहाँबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिएलगायत विस्तृत कुरा भने उनले बताउन चाहेनन् ।
आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै न्यायका लागि ३ महिनादेखि संघर्षरत सुर्खेतकी ती महिला सिंहदरबारमा पनि धर्नामा बसेकी थिइन् ।
