सर्लाही, ०४ चैत । काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टी हेलिकोप्टर खोटाङको बेलबासेमा दुर्घटनाग्रस्त भएको छ । बुधबार दिउँसो ५ जना यात्रु दिएर उडेको एयर डाइनेस्टी ९एन–एएफक्यू बेलबासेमा दुर्घटना भएको हो । 

हेलिकोप्टरमा ५ जना यात्रु रहेकोमा सबै सकुशल रहेको कम्पनीका प्रतिनिधि बालकृष्ण पण्डितले जानकारी दिए । जसमध्ये १ जना गम्भीर घाइते रहेको उपचारका लागि काठमाडौंको हेम्स हस्पिटल पठाइएको पण्डितले जानकारी दिए । दुर्घटना के कारणले भएको हो, सो नखुलेको उनले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *