सर्लाही, १० चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालयताका नेताको सम्पत्ति छानबिन गर्न तत्काल आयोग बनाउन आग्रह गरेका छन् । केन्द्रीय समितिको बैठकमा थापाले मंगलबार नयाँ बन्न लागेको सरकारलाई प्रमुख प्रतिपक्षीको रूपमा सहयोग गर्ने बताएका हुन् ।
‘सार्वजनिक तहमा बस्ने सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । जसले गलत तरिकाबाट आर्जन गरेको छ । उसको सम्पत्ति छानबिन गर्नुपर्छ,’ उनले भने, ‘रास्वपाले आयोग बनाउने भनेको छ । नयाँ बन्ने सरकारले तत्काल छानबिन आयोग बनाओस् हाम्रो साथ रहन्छ ।’
वाइडबडी, नेताको घरमा भदौ २४ गते जलको पैसासहित अहिलेसम्म पदमा बसेर गरिएको दुरुपयोगको निष्पक्ष छानबिन गर्नुपर्ने थापाले बताए ।
‘नेताको घरमा डढेको पैसा, सार्वजनिक पदको दुरुपयोगको विषय सार्वजनिक खपतको विषय हुनुहुन्न । विधिसम्म्त ढंगले कुनै पूर्वाग्रह नराखी काम गर्नुपर्छ,’ थापाले भने, ‘हामी सरकारमा हुँदैनौँ । तर राष्ट्रियसभामा छौँ, प्रतिपक्षमा छौँ, प्रदेश र स्थानीय तहमा छौँ । सरकारले गर्ने सत्प्रयासमा हाम्रो साथ रहनेछ ।’
खाडी युद्धपछिको अप्ठ्यारोमा पनि संवाद गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ छ ।
