सर्लाही,चैत्र १९ । नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सामाजिक प्रतिष्ठासँगै महिलाको पहुँच आर्थिक र राजनीतिक पहुँचसम्म आवश्यक रहेको बताएकी छन् । चेम्बरको ७५औँ वार्षिकोत्सवको अवसरमा महिला चेम्बरको आयोजनामा बिहीबार राजधानीमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय महिला सशक्तीकरण बढेको बताइन् ।

उनले भनिन्, ‘सामाजिक क्षेत्रमा मात्र होइन, पछिल्लो समय महिलाहरूको सहभागिता आर्थिक क्षेत्रमा र राजनीतिको केन्द्रसम्मै पुगिसकेको छ, जुन पछिल्लो निर्वाचनले थप महिलाको पहुँच माथिसम्म पुगेको देखाएको छ ।

जबसम्म आर्थिक विकास, सामाजिक राजनीतिक र सबै खाले नेतृत्वमा महिलाको समान पहुँच र अवसर प्रदान गर्न सकिँदैन विकास सम्भव छैन,’ उनले भनिन् ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले निजीक्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्सले आर्थिक विकाससँगसँगै महिलाको सहभागिता र पहुँच विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।

‘निजीक्षेत्रको विकास, प्रवर्द्धन र उत्थानमा चेम्बर अफ कमर्सको नेतृत्वदायी भूमिका छ । यसले नयाँ पुस्ताका महिलाहरूलाई उद्यम गर्न र आत्मनिर्भर बन्ने वातावरणको ढोका खोल्नसमेत विशेष भूमिका खेलिरहेको छ,’ श्रेष्ठले भनिन् ।

पछिल्लो समय महिलाहरूको सहभागितामा उद्योग, व्यापार, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य बढेको पनि उनले बताइन् । तथापि, उद्योग, व्यापार, व्यवसायमा महिलाहरूको सहभागिता बढ्दै गर्दा पनि मुलुकमा लगानीको वातावरण बन्न नसकेकोमा उनले दु:ख व्यक्त गरिन् ।

नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सामाजिक प्रतिष्ठासँगै महिलाको पहुँच आर्थिक र राजनीतिक पहुँचसम्म आवश्यक रहेको बताएकी छन् । चेम्बरको ७५औँ वार्षिकोत्सवको अवसरमा महिला चेम्बरको आयोजनामा बिहीबार राजधानीमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय महिला सशक्तीकरण बढेको बताइन् ।

उनले भनिन्, ‘सामाजिक क्षेत्रमा मात्र होइन, पछिल्लो समय महिलाहरूको सहभागिता आर्थिक क्षेत्रमा र राजनीतिको केन्द्रसम्मै पुगिसकेको छ, जुन पछिल्लो निर्वाचनले थप महिलाको पहुँच माथिसम्म पुगेको देखाएको छ ।

जबसम्म आर्थिक विकास, सामाजिक राजनीतिक र सबै खाले नेतृत्वमा महिलाको समान पहुँच र अवसर प्रदान गर्न सकिँदैन विकास सम्भव छैन,’ उनले भनिन् ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले निजीक्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्सले आर्थिक विकाससँगसँगै महिलाको सहभागिता र पहुँच विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।

‘निजीक्षेत्रको विकास, प्रवर्द्धन र उत्थानमा चेम्बर अफ कमर्सको नेतृत्वदायी भूमिका छ । यसले नयाँ पुस्ताका महिलाहरूलाई उद्यम गर्न र आत्मनिर्भर बन्ने वातावरणको ढोका खोल्नसमेत विशेष भूमिका खेलिरहेको छ,’ श्रेष्ठले भनिन् ।

पछिल्लो समय महिलाहरूको सहभागितामा उद्योग, व्यापार, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य बढेको पनि उनले बताइन् । तथापि, उद्योग, व्यापार, व्यवसायमा महिलाहरूको सहभागिता बढ्दै गर्दा पनि मुलुकमा लगानीको वातावरण बन्न नसकेकोमा उनले दु:ख व्यक्त गरिन् ।

‘बैंकमा लगानीयोग्य रकम थुप्रिरहे पनि सो पुँजीको सही सदुपयोग हुन नसकिरहेको र  लगानीको वातावरण बन्न नसक्दा समस्या भइरहेको छ,’ उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *