सर्लाही, १९ चैत । सर्लाहीको सदरमुकाम मलंगवामा हनुमान जयन्तीको अवसरमा कलश यात्रा निकालिएको छ ।

मलंगवाका हनुमान जयन्ती मुल समारोह समितिको आयोजनामा रामभक्त श्री हनुमान जयन्तीको पवित्र अवसरमा सदरमुकाम मलंगवामा कैयौं संस्थामा सहभागी भएर कलश यात्रा निकालिएको हो ।

बिहीबार हनुमान जयन्तीको अवसरमा एक आपसमा शुभकामना साटासाट सहित कलश यात्रा निकालिएको आयोजक समितिका पुजारी मेहन्द्र यादवले जानकारी दिनुभयो ।

भगवान श्री हनुमानजीको असीम कृपा, शक्ति, साहस र भक्तिको चर्चा गर्दै भव्य शोभा कलश यात्रा, झाँकी तथा विशाल र्‍याली निकालिएको हो ।

बिहीबार मलंगवा नगरपालिका–८ हनुमान मन्दिरबाट निकालिएको कलश यात्रा नगर परिक्रमा गरी श्री हनुमान मन्दिरमा कलश विसर्जन गरेको छ ।

कलश यात्राको माध्यमबाट सनातन धर्म, संस्कार र एकताको सन्देश फैलाइएको सहभागी सरोज साहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *