सर्लाही,चैत्र २० । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले केहीबेर अगाडि वीरगन्ज आइपुगेका छन् । मन्त्री वाग्ले बिहान ९ बजेको जहाजबाट सिमरा विमानस्थल अवतरण गरेर वीरगन्ज पुगेका हुन् ।
अर्थमन्त्री वाग्लेको पूर्वनिर्धारित कार्यक्रमअनुसार वीरगन्ज भन्सार कार्यालयमातहतको आइसिपी र सिर्सिया सुक्खा बन्दरगाहमा पुगेर अनुगमन गर्ने तयारी रहेको भन्सारका एकजना अधिकृतले जानकारी दिए ।
उनका अनुसार भ्रमणका क्रममा उनले वीरगन्ज क्षेत्रको व्यापारिक अवस्था, राजस्व संकलनको वर्तमान स्थिति, सेवा प्रवाहमा देखिएका समस्या र निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूबारे जानकारी लिनेछन् ।
