सर्लाही,चैत्र २० ।सडक विस्तारमा ढिलासुस्ती भएको भन्दै लहानका स्थानीयले सडक अवरुद्ध  गरेका छन्  ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा सडक विस्तारमा भएको ढिलासुस्ती र धुलोको विरोधमा स्थानीयवासीले शुक्रबार सडक अवरोध गरेका हुन् ।

स्थानीयले सडक  ठप्प पारेपछि सवारी साधन अलपत्र परेका छन् ।

कञ्चनपुर–कमला सडकखण्डको काम ६ वर्षसम्म पनि अलपत्र पारेपछि आजित भएका स्थानीयले निर्माण कम्पनीविरुद्ध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *