सर्लाही,चैत्र २० । प्रतिनिधिसभाको सभामुख पदका लागि मनोनयन दर्ता गराउने विषयमा कांग्रेसका शीर्ष नेताको बैठक चलिरहेको छ । बैठकले सभामुखको लागि उम्मेदवारी दिने वा नदिनेबारे निर्णय गर्ने छ । उम्मेदवारी दिने निर्णय भए उम्मेदवारसमेत अहिले बसिरहेकै बैठकले तय गर्ने एक नेताले जानकारी दिए । 

सभामुखबारे आजै बस्ने एमालेको सचिवालयको बैठकले पनि निर्णय लिनेछ । सत्ताधारी रास्वपाबाट सभामुखका लागि डीपी अर्यालले मनोनयन दर्ता गरिसकेका छन् । रास्वपाको एकल बहुमत भएका कारण उनी विजयी हुने निश्चित छ । 

उपसभामुखका लागि भने सबै दलसँग रास्वपाले संवाद गर्ने नेता अमरेशकुमार सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *