सर्लाही, २१ चैत । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ ।

महानगरपालिकाले शनिबार बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो ।

महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए ।

उनले नेपाल प्रहरीसहितको सहयोगमा टहराहरू भत्काउन सुरू गरिएको पनि बताए ।

यसअघि नवगठित संघीय सरकारले नै फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषय उल्लेख गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *