सर्लाही, २३ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले खाडीमा रहेका ८८ हजार नेपालीले फोन कलमार्फत समस्या टिपाएको जानकारी दिएका छन् ।
सोमवारको संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रालयमा चौबिसै घण्टा उपलब्ध हुनेगरी राखिएको हेल्प डेस्कमा खाडीमा उत्पन्न समस्याका कारण विभिन्न गुनासो गर्ने नेपालीहरूको सङ्ख्या ८८ हजार पुगेको जानकारी दिए ।
मन्त्री खनालले पहिलेको तुलनामा हाल फोन कलको सङ्ख्या घटेको समेत बताएका छन् । साथै, फोनमा समस्या टिपाउनेहरूको समस्याको प्रकृतिका आधारमा सम्बोधन गर्ने प्रयास भएको उनले बताए ।
उनले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँगको साझेदारीमा समस्यामा परेकालाई स्वदेश फर्काउने प्रक्रिया अघि बढेको समेत जानकारी दिए । जसका लागि दुबईमा उडान सुरु भइसकेको र साउदीमा उडानका लागी नेपाल एयरलाइन्ससँग कुरा भइरहेको उनले बताए ।
‘कसैलाई आवश्यकता पर्यो भने नेपाल सरकारले सहजीकरण गर्छ,’ खनालले भने ‘अहिले आउने फोनहरूमा युद्धका कारण भन्दा पनि नियमित किसिमको समस्या धेरै छन् ।’
