सर्लाही,चैत्र २३ । लागुऔषध मुद्दामा फरार रहेका रोल्पाका एक व्यक्ति प्रतिवादी व्यक्ति २३ वर्षपछी पक्राउ परेका छन् ।

थवाङ गाउँपालिका-४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई २३ वर्षपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।कुलबहादुरलाई लागुऔषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०५९ फागुन १८ गते ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

उनलाई सजाय भुक्तानका लागि रोल्पा अदालतसमक्ष पेस गरी अदालतले कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *