सर्लाही,२४ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले प्रष्टिकरण दिएकी छन् ।
मन्त्री पत्नी जुनुले आज बिहान फेसबुक स्ट्याटसमा स्पष्टिकरण दिँदै बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताएकी छन् ।
यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको थियो ।
जुनुको पछिल्लो नियुक्ति त २०८० मङ्सिर १४ गते भएको थिाये । उनले बिमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।
पछिल्लो समय केही बैठकमा लगातार अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् । अहिले पुनः उनलाई सदस्यका रुपमा नियुक्ति दिएको नभई सद स्यका रुपमा बैठकमा निरन्तरतामात्र गराइएको दावी स्वास्थ्य मन्त्रीको सचिवालयको छ ।
